अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको आर्थिक सुधारको माग गरेको बताएकाछन् । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएकाहुन । उनले आगामी वर्षको बजेट नयाँ पुस्ता अनकुलको अर्थतन्त्र आर्थिक सुधारमा केन्द्रित भएर ल्याएको बताए । उनले युवा पुस्ताले माग गरे अनुरुप कौशल युक्त ज्ञानसिप,नवपर्वतन र उद्यमसिलता बढाउन आवश्यक देखिएको बताए । उनले अर्थतन्त्रमा संरचनागत चुनौतिको कारण पछिल्लो समय सार्वजनिक ऋण खुम्चिएको सार्वजनिक वृत्तमा असन्तुलन बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन खर्च बढ्दै गएको र पुँजीगत खर्च गर्ने क्षमता घट्दै गएको कारण थप चुनौती सिर्जना भएको बताए ।

उनले भने,‘अर्थतन्त्रमा संरचनागत चुनौतीको कारण पछिल्लो समय सार्वजनिक ऋण खुम्चिएको सार्वजनिक वृत्तमा असन्तुलन बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन खर्च बढ्दै गएको र पुँजीगत खर्च गर्ने क्षमता घट्दै गएको कारण थप चुनौती सिर्जना भएको छ । वर्षौंदेखि उस्तै प्रकृतिका समस्या दोहोरीदै गएकाले अर्थतन्त्रमा देखिएको कजोर क्षमताको दुसचक्र तोड्दै नयाँ कार्यक्रम मार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने देखिएको छ । नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको अर्थतन्त्र आर्थिक सुधारको माग गरेको छ । युवा पुस्ताले माग गरे अनुरुप कौशलयुक्त ज्ञानसीप,नवपर्वतन र उद्यमसिलता बढाउन आवश्यक छ ।’

उनले वर्षौंदेखि उस्तै प्रकृतिका समस्या दोहोरिँदै गएकाले अर्थतन्त्रमा देखिएको कजोर क्षमताको दुष्चक्र तोड्दै नयाँ कार्यक्रममार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने देखिएको बताए ।

आर्थिक वर्ष २०८१-०८२ को बजेटको ५ प्राथमिकता

सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेटको लागि पाँच प्राथमिकता तय गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको ५ प्राथमिकता तय गरिएको बताएकाहुन । बजेटको ५ प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उजले जानकारी दिए । त्यस्तै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास पनि बजेटको प्राथमिकतामा परेको छ । त्यसैगरी समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु बजेटको प्राथमिकता रहेको उहाँले जानकारी दिए ।

मुलुकको अर्थतन्त्र सुधार,आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताएकाछन् । मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएकाहुन । उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रश्तुत गरेको बताए । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए ।

कृषिमा लगानी दशक घोषणा

सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी, नीजि, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेकाहुन । उनले कृषिको व्यवसायिकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताए । उनले गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने पनि बताए ।

उनले भने – ‘कृषिको व्यवसायिकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिनेछ । सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको छ । भुगोल, बजार, सम्भाव्यता एवं पारस्थितिकीय विशिष्टता अनुकुल प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवद्र्धन गरीनेछ ।’ उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय