काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध सानदार जीत हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा भएको खेलमा नेपाल १ सय ८ रनले विजयी भएको हो । नेपालले दिएको १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा २२ रनमै समेटियो ।

उसका जिफा जिलानीले १२ रन जोडिन् भने ६ जना खेलाडी शून्यमा आउट भएका थिए । नेपालकी सीमना केसी र रचनाकुमारी चौधरीले २÷२ पूजा महतो, कृष्ण गुरुङ, मनिषा कुमारी उपाध्यायले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान गरिन्। साना प्रविनले २५ र ज्योत्सनिका मरासिनीले २३ रन जोडिन् ।

यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । नेपालले तेस्रो खेलमा पर्सि शनिबार युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय