काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड ’ए’ लाई ६ विकेटले हराएको हो । आयरल्याण्डले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७ रन बनाए । दीपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६ रनमा आउट भए भने सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान दिए ।

कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएको खेलमा गुलसन झाले ४ रन बनाए । ग्यारेथ डेलानीले २ तथा बेन व्हाइट र थोमस मेयरले समान एक एक विकेट हात पारेका थिए । यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग नेपालको सिनियर टिमले दुई टी–ट्वान्टी खेल्नेछ । त्यस्तै नेपालले तीन टी ट्वान्टी सिरिज र तीन वान डे सिरिज खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय