काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा व्यापारिक अवसरको खोजीका लागि जापानका व्यापारिक समुदायलाई आग्रह गर्नु भएको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा लगानी र व्यापारका लागि हर सम्भव सहयोग गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास दिलाउनु भएको हो ।

राष्ट्रपति पौडेलले नेपालले जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको पनि बताउनुभयो । कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन उपयुक्त क्षण पनि भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्दा नेपाल र जापान दुवैले फाइदा लिनसक्ने बताउनुभयो । विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उहाँको विश्वास थियो ।

कार्यक्रममा जापानी व्यापारिक समुदायका सदस्यहरूले नेपालमा लगानीको धेरै अवसरहरु रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय