काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण सम्पन्न भएको छ । शुक्रबार नेपाल आइपुग्नु भएकी हाइयान आज स्वदेश फर्किनु भएको हो ।
उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरी चीन–नेपाल सम्बन्ध तथा सहकार्यमा नयाँ अध्याय स्थापना गरेर नयाँ सेतु निर्माण गर्नुभएको छ ।
धेरैजसो महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्दै, श्रीमती सुनले शीर्ष नेपाली नेता र अधिकारीहरूसँग छलफल गर्नुभयो । छलफलमा चीनको “गुलाब कूटनीति“ को आकर्षण प्रदर्शन गर्दै उहाँले विकास परियोजना र द्वीपक्षीय सम्बन्धको महत्वलाई जोड दिनुभयो ।



सुन हाइयानको भ्रमणले नेपालसँगको कूटनीतिक सम्बन्धलाई चीनले दिएको उच्च महत्वलाई झल्काउँछ । प्रधानमन्त्री पुष्पकमल दाहल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र नेपाली राजनीतिक दलका विभिन्न प्रतिनिधिहरूसँगको संयुक्त परामर्श सत्रमा भएको छलफलले दुई देशबीचको बृहत्तर आपसी समझदारी र सहयोगका लागि नयाँ मञ्च तयार भएको विश्लेषकहरूले बताएका छन् ।
संयुक्त परामर्श सत्रमा सुनले केही बाह्य शक्तिले चीन–नेपाल द्वीपक्षीय सम्बन्धलाई बिगार्ने प्रयास भइरहेको बताउनु भयो । उहाँले नेपालमा बढ्दो पश्चिमाहरूको सक्रियताप्रति सुनले चीनको विशेष ध्यान खिचेको पनि उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा पूर्वाधार विकास हुन नसकेको भन्दै त्यसको सुधारमा पनि जोड दिनुभयो । उहाँले कोभिड–१९ महामारी र अन्य कारणले अवरुद्ध भएका परियोजनाहरूलाई गति दिन र नीतिगत सुधारका लागि आह्वान गर्दै थप चिनियाँ लगानी आकर्षित गर्न नेपाल सरकारलाई आग्रह समेत गर्नुभयो ।



