राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गरेका हुन् । उनले आफूहरु राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको बताउँदै उहाँले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने दाबी समेत गरे ।
अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रुपमा पनि संकटको डिलमा पु¥याएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका थिए ।






