काठमाडौं । सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला नेशन्स लीगको उपाधि भारतले जितेको छ । पाँचौ सेट १५–५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३–२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । लीग चरणको खेलमा भने नेपालले भारतलाई ३–२ सेटमा पराजित गरेको थियो ।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०–२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो ।

दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५–१४ को फराकिलो अन्तरले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५–२२ ले जितेर २–१ को अग्रता लिएको थियो । फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५–२१ बाट भारतले जितेर खेल २–२ को बराबरीमा ल्यायो ।

तेस्रो स्थानको लागि भएको खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा पराजीत गर्दै प्रतियोगिता जित्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय