काठमाडौं । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पु¥याउने दुई कुकर उपलब्ध गराएका हुन् ।

नेपालको दुई दिने भ्रमणमा रहनुभएका मिश्रीले यसअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय