काठमाडौं । नेपालको पब्जी खेलमा नवौं स्थान प्राप्त गरेको छ । टिम होराले इ स्पोर्टस विश्वकप अन्तर्गत पब्जी मोबाइलमा नेपालले नवौं स्थान प्राप्त गरेको हो ।
पब्जी मोबाइलको विश्वकप भने म्यानमारका वाइजी इ स्पोर्टसले जितेको छ । साउदी अरेबियामा जारी विश्वकपमा होराले समग्रमा १८ खेलमा एक सय अंक जोडेको थियो । अन्तिम दिन होरोले चिकन डिनर जितेको थियो । होराले ग्रुप स्टेजमा २७ हजार ५ सय, सर्भाइबल स्जेजमा २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानमा रहँदा ६० हजार डलर पुरस्कार हात पारेको छ ।



सर्भाइल स्टेजमा प्रतिस्पर्धा गरेको होराले यो स्टेजमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो । सर्भाइभल स्टेजमा शीर्ष आठमा रहने टिम फाइनल पुग्ने नियम भएकोले होरा शीर्ष आठमा पर्न सकेन ।
नेपालले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात १ करोड ७८ लाख रुपैयाँ पुरस्कार जितेको छ ।



