काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले थाइल्याण्डको बैंककबाट विश्वकप एसिया छनोट खेल खेल्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्ने छ ।
बिहान सवा ८ बजे थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन ।



एसिया छनोटमा घरेलु टोलीसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन् । सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह सी मा बहराइन र हङकङ छन्।



