काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल एक्लो नभएको बताउनु भएको छ ।
नेपाल भ्रमणमा रहनु भएका महासचिव गुटेरेसले संघीय संसद्लाई सम्बोधन गर्दै संक्रमणकालिन न्यायको समेत सन्र्दभ जोड्दै उहाँले राष्ट्रसंघ नेपाललाई सघाउन सधैँ तयार रहेको बताउनुस भएको हो । महासचिव गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको उल्लेख गर्नुभयो ।



नेपालले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालिन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुंगोमा पुर्याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीकाबीच नेपालले लैंगिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनु भयो ।
उहाँले नेपालको आतिथ्यताले खुशी बनाएको समेत बताउनु भयो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको प्रतिक्रिया दिनुभयो । नेपालको संस्कृति र सभ्यतालाई आफूलाई सधैं आकर्षित गर्ने उहाँको भनाइ थियो । उहाँले इजरायलमा निधन भएका नेपाली विद्यार्थी र मृतकका परिवारजनप्रति समवेदनसमेत व्यक्त गर्दै नेपाल फर्किन बाँकी विद्यार्थीहरू सुरक्षित नेपाल आइपुगुन् भनेर प्रार्थनासमेत गर्नुभयो ।
https://www.facebook.com/100094559726701/videos/705793924806484



