नेपाली महिला कबड्डी टोलीले जारी १९ औँ एसियाली खेलकुदमा कास्य पदक हात पारेको छ । प्रतियोगितामा नेपालको यो पहिलो पदक हो । शुक्रवार भएको खेलमा भारतसँग ६१-१७ ले पराजित भएपछि नेपाल कास्यमा सीमित भएको हो ।
भारत फाइनल पुगेको छ । यसअघि समूहगत चरणमा एक खेल जितेको भरमा नेपाली टोलीले सेमिफाइनल यात्रा तय गरेर कम्तीमा कास्य पदक पक्का गरेको थियो।






