काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनमा टिकट बाँडफाँटका लागि १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। पार्टी नेतृत्वले बोर्ड गठनमार्फत निर्वाचन केन्द्रित तयारीलाई गति दिन खोजेको हो।संसदीय बोर्डको नेतृत्व सभापति गगनकुमार थापाले गर्नेछन्। यस बोर्डमा उपसभापति, महामन्त्री, रसहमहामन्त्रीसहित अन्य सदस्यहरू रहने व्यवस्था गरिएको छ। बोर्डको मुख्य जिम्मेवारी आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणको प्रक्रिया समन्वय गर्नु हुनेछ।

पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि बोर्डले तत्कालै तयारी सुरु गरेको छ। बोर्डको पहिलो बैठक आगामी २१ फागुनमा बस्ने कार्यक्रम तय भएको छ, जसमा निर्वाचन रणनीति, सम्भावित उम्मेदवार र निर्वाचन केन्द्रित अन्य विषयमा छलफल हुनेछ। कांग्रेस स्रोतका अनुसार बोर्डले निर्वाचनको लागि स्पष्ट मापदण्ड तय गर्ने, पार्टीभित्रको विवाद व्यवस्थापन गर्ने र टिकट वितरण प्रक्रियामा पारदर्शिता कायम राख्ने योजना बनाएको छ। यसले पार्टीको एकता कायम राख्दै स्थानीय तथा राष्ट्रिय निर्वाचनमा सफलता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय