काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीलाई एनआरएन मलेसियाले स्वागत तथा रात्री भोजको आयोजना गरेको छ । एएफसी एसियन कप छनौट २०२७ साउदी अरेबियाको निम्ति हाल मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई एनआरएन मलेसियाले भब्य स्वागत तथा सम्मान गरेको छ । एनआरएन अध्यक्ष राकेश महतोलगायतका व्यक्तिहरुले उनीहरुलाई स्वागत गरेका हुन् ।
स्वागत तथा सम्मान कार्यक्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले खेलाडीको मनोबल उच्च बनाएको उल्लेख गर्नुभयो ।



नेपाली राष्ट्रिय टोलीका ब्यस्थापक रमेश कार्कीले एनआरएन मलेसियाको परिवारलाई एन्फाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
नेपालको राष्ट्रिय फुटबल टोलीले अबे म्याचको रुपमा आज मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम रंगशालामा स्थानीय समयअनुसार रातको १० बजे खेल्दैछ ।



