काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम खेलमा नेपालको महिला टोलीले आज भारतसँग खेल्दैछ । खेल भारतको जवाहरलाल नेहरु रंगशालामा बेलुकी सवा ६ बजे हुनेछ । यसअघि गत शुक्रबार नेपाली महिला टोली ईरानसँग तीन–शून्य गोलले पराजित भएको थियो ।
यसपछि आगामी बिहीवार कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।






