काठमाडौं । तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न नेपाली सेनाले सुरक्षाको नेतृत्व लिने भएको छ । नेपाली सेनाले सूचना निकाल्दै अवान्छनित गतिविधि नरोकीय राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित गरिने जनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने काम’ गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय