एसीसी अन्डर नाइन्टिन एशिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । आइतबार आईसिसी एकेडेमी ओभल–२ दुबईमा भएको खेलमा २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ८८ रनमा समेटिएको हो । योसँगै नेपालको सेमिफाइनल पुग्ने संभावना न्यून भएको छ । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१, कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन बनाए ।

अफगानिस्तानका लागि फरिदुन दावुदजाई र नसिर खानले समान ३–३, मोहम्मद युनिस जद्रानले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले १ सय ६ रनको शतकीय इनिङ खेले ।

नौमान साह अघाले ६०, रहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५, खालिद तानिवालले १० रन बनाए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र स्पिनर सुवास भण्डारीले समान २÷२ तथा दिपेश कँडेल र आकाश चन्दले समान १÷१ विकेट लिए । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय