दाङमा नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने दुई जना पक्राउ परेका छन् । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका धनराज परियार(तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिएको हो ।

पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् । नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न ब्यक्तीहरुसंग चन्दा मागेको प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल सन्देश पठाउने गरेका थिए ।प्रहरीले उनीहरूको कोठाबाट कम्प्युटर, प्रिन्टर, मोबाइल, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय