नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राजभण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए ।
उपाध्यक्ष र कोषाध्यक्ष पदमा सहमती जुटेको हो । क्यानको शीर्ष चार मध्य तीन पदाधिकारी निर्विरोध चयन भएका छन् । सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्ल प्रतिस्पर्धामा उत्रिएका छन् ।






