काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले २६ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरे । गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे । उक्त लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । माल्दिभ्सविरुद्ध नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ६ विकेट लिए । अविनाशले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिएका हुन । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिए ।जितसंगै नेपाल क्वाटरफाइनलमा प्रबेश गरेको छ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् ।



शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।



