काठमाडौं । इञ्जुरी समयमा सावित्रा भण्डारीले गरेको गोलको मद्दतले नेपाल बंगलादेशसँग हारबाट जोगिएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीबीच एक–एक गोलको बराबरी खेल खेलेको हो । बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । खेल ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको थियो ।



खेलको ६५औं मिनेटमा बंगलादेशकी सविना खातुनले नेपालविरुद्ध एक गोल गरेकी थिइन् भने चार मिनेट इञ्जिुरी समय थपिएकोमा ९२औं मिनेटमा नेपालकी सावित्राले बंगलादेशविरुद्ध गोलगरेपछि खेल बराबरीमा सकिएको हो ।



