काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको विजयी लक्ष्य दिएको छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपालले टस जितेर भुटानलाई ब्याटिङका लागि निम्तो दिएको थियो । भुटानले आफ्नो निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३९ रनमात्र बनाउन सक्यो । भुटानका लागि कप्तान डेचेन वाङ्वोले सर्वाधिक २१ रन बनाए ।

नेपाल लगातार तेस्रो खेलमा जीत हात पार्ने दाउमा छ । यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पछिल्लो दुई खेलबाट चार अंकका साथ दोस्रो स्थानमा छ । समान चार अंक बनाएको यूएई नेटरनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ।

यस्तै मलेसिया र बहराइन तथा कतार र यूएइबीचको खेल जारी छ । चीनले थाइल्यान्डसँग र कुवेतले हङकङसँग आजै सवा ११ बजे खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय