काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मेलेसियालाई ८५ रनको विजयी लक्ष्य दिएको छ । ​

क्वालालाम्पुरस्थित बायमास ओभलमा भएको खेलमा घरेलु टोली मलेसियाविरुद्ध टस हारेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३८ रन बनाइन् भने ३ खेलाडी शून्यमा आउट भए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार रहेको छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमीफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी २० क्वालिफायर खेल्न पाउनेछन् ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय