काठमाडौं । नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । बिहान ११ बजे खेल मुलपानी मैदानमा हुनेछ । नेपाल विश्वकप प्रवेशका लागि युएईसँगको आजको खेल जित्नै पर्ने हुन्छ ।
यो खेलको विजेताले अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने २०–२० विश्वकपमा स्थान बनाउने छ ।



आइसीसी टी–२० विश्वकप छनोटको सबैभन्दा महत्वपूर्ण खेलमा नेपाल ओमानसँग पराजित हुन पुग्यो ।
आजै हुने अर्को खेलमा ओमान र बहराइन भिड्ने छन् । फाइनलमा पुग्ने दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।



