काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य नेपालले १९ दशलमल ४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए ।



नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, ज्याक लायन कासे र रोयलफ भान डर मेर्वेले समान एक विकेट लिए ।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ८६ रन बनाए ।
जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला लिएको छ ।
नेपाल र स्कटल्यान्डले सिरिजको अन्तिम खेल आज खेल्नेछ ।



