काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। ​थाइल्यान्डमा भएको छनोट खेलमा नेपाल ग्लोबल छनोटमा पुग्न आज हुने खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आ–आफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्दैछ । नेपालले यूएईसँगको खेलमा जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो। एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।

खेल थाइल्यान्डको बैंककमा बिहान पौने ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय