काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै महासंघले आज काठमाठौंमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले सार्वजनिक गरेको पहिलो चरणको कार्यक्रम अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । यस्तै ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक दलका पार्टी कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यही दुई घण्टा धर्ना दिने उल्लेख गरेको छ ।

भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र दुई घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय