नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय बैठक नयाँ दिल्लीमा हुने भएको छ । गृहसचिव स्तरीय बैठक मंगलबार हुने तय भएको हो । त्यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली भोलि नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताउनुभयो । उहाँका अनुसार गृहसचिवसहित १२ सदस्यीय टोली नयाँ दिल्ली जाने छ ।



जहाँ गृहसचिव गोकर्णमणि दुवाडीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एकरएक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशकसहितको टोली नयाँ दिल्ली जान लागेको हो । बैठकमा क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी लगायत विषयमा छलफल हुने बताइएको छ ।त्यसैगरी पारस्परिक कानुनी सहायता को विषयमा पनि छलफल हुने बताइएको छ । हरेक वर्ष बस्दै आएको गृहसचिवस्तरीय छलफल सन् २०१६ पछि बस्न सकेको थिएन ।



