काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को विधान अधिवेशन पोखरामा जारी छ । दुई दिन चल्ने अधिवेशनको भट्टराईले सोमबार पोखरा सभागृहमा उद्घाटन गर्नुभयो ।

अधिवेशनले पार्टीको प्रस्तावित विधान पारित गर्ने कार्यक्रम छ । विभिन्न जिल्लाबाट आएका झण्डै ५ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् । उनीहरुबीच समूह विभाजन गरी प्रस्तावित विधानमाथि छलफल चलाइएको नेसपा गण्डकी संयोजक किरण थापाले जानकारी दिनुभयो । नेसपा गठन भएयता पहिलोपटक अधिवेशनमार्फतै उक्त पार्टीले विधान बनाउन लागेको हो । जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवसँग छुट्टिएपछि २०७९ असारमा नेपाल समाजवादी दर्तापछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो । अधिवेशनमा डा. भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे अधिवेशनमा छलफल नेसपाले जनाएको छ ।

अधिवेशनपछि ३ तहमै पार्टी निर्माण र अभियानमा लाग्ने भट्टराइको भनाई छ । असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने भट्टराईले बताउनु भयो । अध्यक्ष डा. भट्टराईले विधिको शासन कमजोर भएको अवस्थामा भ्रष्टार अन्त्य गर्न नसकिने बताउनुभयो । भ्रष्टचारका काण्डमा सबै राजनीतिक दलका टाउकेहरु मुछिएको आरोप उहाँकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय