काठमाडौं । काभ्रेको बनेपा क्षेत्रको जग्गा खरिद र बिक्री सम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।

मुद्दामा भनिएको छ कि नेपाल नेतृत्वको सरकारले २०६६ सालमा पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न छुट दिएको थियो। त्यसको केही महिनामै, मन्त्रिपरिषद् बैठकमार्फत खरिद गरिएको जग्गा तेस्रो पक्षलाई बिक्री गर्न अनुमति दिइएको थियो।

पतञ्जलीले काभ्रेको बनेपा क्षेत्रका नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा झन्डै ५९३ रोपनी जग्गा खरिद गरेको थियो। त्यसपछि झन्डै ३५३ रोपनी जग्गा काष्ठमण्डप हाउजिङ कम्पनीलाई बिक्री गरिएको देखिन्छ।

जग्गा किनबेचको स्वीकृति दिने निर्णयमा तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरू, भूमि सुधार मन्त्री, सचिव र अन्य अधिकारीहरूको संलग्नता रहेको बताइएको छ। अनुसन्धानका क्रममा पतञ्जलिलाई लाभ पुग्नेगरी गरिएका निर्णयहरूमा तत्कालीन प्रधानमन्त्रीको प्रत्यक्ष भूमिका रहेको भन्ने दस्तावेज फेला परेको आयोगको भनाइ छ।

विशेष अदालतमा दायर यो मुद्दालाई नेपालको चर्चित जग्गा प्रकरणमध्ये एक मानिएको छ, जसले सार्वजनिक सम्पत्तिको व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिताको प्रश्न उठाएको छ।

अख्तियारको नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय