पत्यार नै नलाग्ने बेलायतका एक दम्पती, जो साइकलबाटै यात्रा गरेर नेपाल आइपुगे

अहिलेको समयमा साइलको प्रयोग कुनै गन्तब्यमा पुग्नको लागि भन्दा पनि स्वास्थ रहनका लागि गरिने व्यायाममा प्रयोग हुन्छ । तर, बेलायतका एक दम्पतीले जो साइकलबाटै यात्रा गरेर नेपाल आइपुगेका छन् । तपाइले साइकल चलाउदैँ कहाँसम्मको यात्रा गर्नुभएको छ भनेर प्रश्न गरियो भने अधिकांसको जवाफ हुन्छ विहान बेलुका व्यायमको लागि मात्र चलाउछु । तर तपाईलाई पत्यार नलाग्न सक्छ साइकल चलायरै एक दम्पती बेलायतबाट पोखरासम्म आए भन्ने कुरा सुन्दा । तर, यो सत्य हो । दृष्यमा साइकल चलाइरहेका यी दम्पती हुन बेलायती नागरिक थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस । २५ मार्चमा ५१ वर्षिय बु्रस दम्पती सात महिना सात दिन पहिला बेलायतबाट नेपालका लागि साइकल यात्रा सुरु गरेका थिए । यो अवधिमा उनिहरुले २० देश पार गरे भने पोखरासम्म आइपुग्न मात्रै १४ हजार किलोमिटरको यात्रा गरे ।

ब्रस दम्पतीको यो तेस्रो नेपाल यात्रा हो । यस पहिले उनिहरु विमान मार्फत नेपाल आएका थिए । तर, यो पटक भने सबैलाई चकित पार्नेगरी बेलाय देखि पोखरासम्म साइकलमा आएका हुन् । नेपालको प्रकृति, आतिथ्यता संस्कारबा निकै प्रभावित भएकै कारण नेपाल आइराख्न मन लाग्ने बु्रसकी श्रीमती डा एमाको भनाई छ । बेलायतदेखि साइकल यात्र गरेरै पोखरा आएका बु्रस दम्पतीलाई स्थानीय आमासमूह र पर्यटन व्यवसायीले फुल माला लगाएर भब्य स्वागत गरे । ब्रस दम्पतीको यो यात्राले नेपालको पर्यटनलाई विश्वसामु पुर्याउन मद्धत पुग्ने विश्वास पर्यटन व्यवसायी तथा स्थानीय आमा समूहकी अगुवा गोमा ढकालको बुझाइ छ ।

जेनजी आन्दोलन र मच्चाइएको विध्वशंको कारण कतिपय देशले आफ्ना नागरिकहरुलाई नेपाल नजान सुझाव दिए पनि बु्रस दम्पतीको यो साइकल यात्राले नेपाल सुरक्षित छ र पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो भन्ने सन्देश दिन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय