२०७९ को प्रतिनिधसभा निर्वाचनमार्फत् कम उमेरमै संसदको यात्रा तय गरेकी सोविता गौतम यसपटक संसदमात्र होइन सरकार चलाउने ठाउँमा पुग्नुभएको छ । फागुन २१ गतेको निर्वाचन अघिदेखि नै भावी कानूनमन्त्रीका रुपमा चर्चा गरिएको सोविताले अपेक्षित मन्त्रालयको नेतृत्व प्राप्त गर्दै नीतिमा प्रश्न होइन जवाफ दिने ठाउँमा पुग्नुभएको छ । सोविताको संसददेखि मन्त्रीसम्मको यात्रा र चुनौतीबारेको एक सामग्री ।

(दोलखा जिल्लाको एउटा सामान्य गाँँउबाट सुरु भएको यात्रा, आज सिंहदरबारको एउटा शक्तिशाली मन्त्रालयको कुर्सीमा पुगको छ ।)
२०७९ को प्रतिनिधिसभा निर्वाचनमार्फत् कम उमेरमै संसदको यात्रा तय गरेकी सोविता गौतम त्यसको तीन वर्षमा भएको आम निर्वाचनसँगै मन्त्रीको कुर्सीमा पुग्नुभयो ।
त्यसो त, कानुन विषय अध्ययन गरेकी सोविता यसअघि नै शुभेच्छुकहरुको सूचीमा मन्त्रीकै रुपमा प्रचारित हुनुहुन्थ्यो । अघिल्लो संसदीय कार्यकालमा उहाँको पार्टी रास्वपा दुई पटक सरकारमा सहभागी हुँदा पनि मन्त्री बन्ने अवसर नपाएकी सोवितालाई यसपटक चितवन- ३ बाट प्रतिनिभसभा सदस्यको उम्मेदवार बनेदेखि नै भावी कानुनमन्त्रीका रुपमा प्रचार गरिएको थियो ।
यो अपेक्षा र शुभेच्छा बमोजिम नै सोविता सरकारको निकै महत्वपूर्ण मानिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ । कानूनको विद्यार्थी र केही समय अभिवक्ताको रुपमा काम गरेको अनुभवसमेत भएकी सोविताको पृष्ठभूमि भने पत्रकारित हो । जसले उहाँलाई प्रष्ट वक्ताका रुपमा समेत स्थापित गरेको छ ।

किन सोबिता नै कानुनमन्त्री ?
यतिबेला सरकार गठन हुँदै गर्दा रास्वपाले व्यापक रुपमा शक्ति सन्तुलनको प्रयास गरेको छ । फागुन २१ गतेको निर्वाचनको केही महिनाअघि मात्रै रास्वपामा समाहित भएका बालेन शाह तथा विभिन्न राजनीतिक समूहलाई सन्तुलनमा राखेर गठन गरिएको मन्त्रीमण्डलमा सोविता पुरानो रास्वपा अर्थात् संस्थापन पक्ष भन्न सकिने समूहको अब्बल सांसद हुनुहुन्छ । विगतमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न केसमा विभिन्न अदालतमा दायर भएका मुद्दामा सांसद पदमै रहँदा बहस गर्न पुगेकी सोविता उहाँको निकट र विश्वास पात्र हुनुहुन्छ । त्यसबाहेक अघिल्लो संसदमा काम गरेको अनुभव र कानुन संकायको अध्ययनले उहाँलाई कानुनमन्त्री बन्ने थप आधार तय गरेको छ ।

प्रतिभाशाली व्यक्तित्व
सोवितासँग औपचारिक अध्ययनसँगै प्रतिभाशाली व्यक्तित्वसमेत छ । विषयगत विज्ञता, कानुनकै विद्यार्थी र अधिवक्ता भएकाले मन्त्रालयको कार्यभार सम्हाल्न उहाँसँग प्राविधिक र व्यावहारिक दुवै खुबी देखिन्छ । सन् २०२३ को वल्र्ड पोलिटिसियन अफ द इयर विजेता सोबिताको छवि अन्तर्राष्ट्रिय जगतमा पनि बौद्धिक र अध्ययनशील नेतृको रूपमा स्थापित छ ।
युवाको आशा, पुराना र बोझिला कानुनी प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन उहाँबाट ठूलो अपेक्षा गरिएको छ ।)

चुनौतीको थुप्रो
(आफूसँग रहेको युवा ऊर्जा र चौतर्फी रुपमा देखिएको युवा भरोसालाई काममा रुपान्तरण गर्नुपर्ने जिम्मेवारी अब सोविता गौतम सामु आइपुगेको छ । मुलुकका लागि आवश्यक कानूनका मस्यौदा निर्माणको प्रमुख थलोका रुपमा रहेको यो मन्त्रालय अब सर्वाधिक चासोमा पर्नेछ । वर्षौंदेखि अल्झिएका संक्रमणकालीन न्यायका मुद्दादेखि आम नागरिकलाई छिटो र छरितो न्याय दिलाउनुपर्ने चुनौतीसमेत)

को भारी बोकेर सोविताले तय गरेको कानुन मन्त्रालयको यात्रा कति अब्बल र फलदायी बन्छ, त्यो भने केही समयमा थाहा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय