काठमाडौं, काठमाडौंको तीनकुने क्षेत्रको अराजक जत्थाले जिउँदै जलाएर हत्या गरेको पत्रकार सुरेश रजकको हत्या प्रकरणलाई लिएर गहिरो चासो र दुःख व्यक्त गरिएको छ। उक्त घिनौनी घटना र त्यसले उत्पन्न गरेको विवादको बीचमा, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा मृतक पत्रकार सुरेश रजकको परिवारसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री ओलीले उक्त घटनाप्रति गहिरो दुःख र चासो व्यक्त गर्दै घटनाको छानबिन गरेर कडा कारबाही गरिने आश्वासन दिएका छन्। यो अत्यन्तै अमानवीय र निन्दनीय घटना हो। यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा बचाइँदैन, प्रधानमन्त्री ओलीले भने। उहाँले, हामी घटनाको छानबिन तीव्र गति मा गर्नेछौं र दोषीलाई कडा कारबाही गरिनेछ। यस प्रकारका हिंसात्मक कार्यहरूको विरोध गर्न हामी सबै एकजुट हुनु पर्दछ भन्ने भनाई राख्नु भएको छ ।

सुरेश रजकको परिवारसँग भएको भेटमा, प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्ने सम्बन्धमा परिवारलाई आग्रह पनि गर्नुभएको छ। उहाँले भन्नुभयो, ूमाथिल्लो तहमा विचार गरी सुरेशको आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछु र परिवारलाई यस कठिन समयमा सहनशीलता र शान्ति मिलोस् भन्ने मेरो शुभकामना छ। प्रधानमन्त्री ओलीले थप भने, सुरेशको धर्मपत्नी सुजन रजकलाई यो कठिन समयको सामना गर्नका लागि म विभिन्न प्रकारका सहयोग गर्न चाहन्छु। तपाईंलाई रोजगारको अवसर उपलब्ध गराउन पनि प्रयास गर्नेछौं। यसैगरी, उहाँले परिवारका अन्य सदस्यहरूसँग पनि सहानुभूति व्यक्त गर्दै यस घटनालाई छुट्टै ध्यान दिएर हेर्ने प्रतिवद्धता जनाउनुभयो।

सुरेश रजककी धर्मपत्नी, सुजन रजक, र उनका भाइहरू रमेश रजक र दिनेश रजक सहित परिवारका अन्य सदस्यहरू प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए। यो भेटमा सुरेश रजकको हत्याबारे अनुसन्धान गर्ने प्रक्रिया र सरकारले यससँग सम्बन्धित जस्तो पनि सहयोग पुर्याउने योजनाबारे पनि कुरा गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय