काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा. एस जयशंकरलाई उल्लेख गर्दै उहाँले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताउनुभएको हो ।



उहाँले भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण बन्न सकोस् भन्ने कामना समेत व्यक्त गर्नुभयो ।



