काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजीनामा मागेको छ । इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै राणाको राजीनामा मागिएको हो ।
राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना गर्नुभयो । उहाँले कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षाको लागि सहयोग गर्न नसकेको आरोप लगाउनु भयो ।



शाहीले परराष्ट्रमन्त्री राणाले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पनि पदमा बसिरहने कुनै औचित्य नरहेको उल्लेख गर्नुभयो ।



