पर्वतको कुश्मा नगर पालिका ११ मा रहेको सानाकिसान सहकारी संस्थाले परिक्षणका लागि लगाएको सूर्यमुखीफुल खेती सफल भएको छ । वैकल्पीक तलहन बाली अन्त्रगत लगाइएको सूर्यमुखी फुल खेती सफल भएको हो ।
पर्वतका किसानले फागुनमा परीक्षणको रुपमा लगाएको सूर्यमुखी अहिले फुलेर ढकमक्क भएको छ । सहकारीका २४ किसानको सहभागितमा २० रोपनी क्षेत्रपलमा लगाएको खेती सफल भएको छ । बाँदर लगाएत अन्य वन्यजन्तुले समेत असर नपारेको किसानहरुले बताएका छन । मकै लगाएको भए बाँदर सखाप पार्नेै गरेको फाँटमा अहिले सूर्यमुखी खेतीमा बाँदरले असर नगरेपछि किसान खुशी देखिएका छन् ।



परिक्षणको रुपमा लाइएको बाली सप्रिनुका साथै वन्यजन्तुबाट क्षति पनि नहुने भएपछि किसानमा उत्साह देखिएको छ । मकै लगाउँदा बाँदरबाट हैरानी व्यहोरेका किसाहरुले नयाँ प्रजातीको सूर्यमुखी खेतीलाई नै अगाडी बढाउने सोचमा छन् । धेरैले आगामी वर्ष तेलहनको बाली अन्त्रगत खेती विस्तार गर्ने तयारी गरेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतको सहयोगमा गरिएको बैकल्पिक तेलहन खेतीमा किसान उत्साहित भएको सहकारीले जनाएको छ । उत्पादित सूर्यमुखीबाट तेल प्रशोधन गर्न मिल समेत खरीद गरिसकेको सहकारीले पहिलो चरणको उत्पादनबाट किसानलाई तेल समेत उत्पादन गर्ने चरणमा रहेको छ ।
कृषि ज्ञान केन्द्रको पाँच लाख वैकल्पिक तेलहन खेती विस्तार कार्यक्रम अन्त्रगत पर्वतमा पहिलोपटक सूर्यमुखी फुल खेती गरिएको हो । सहकारीले तेल प्रशोधन गर्ने गरी गरिएको सूर्यमुखी खेतीबाट उत्पादन भएको दानावाट तेल उत्पादन गर्न मिल समेत खरीद गरेर तयारी थालेको छ ।



