काठमाडौं । पर्साका १४ पालिका मध्ये आधा दर्जनभन्दा धेरै पालिकाको अझै बैंक खाता सञ्चालन हुन सकेको छैन । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत कानुनी प्रक्रिया पुरा नगर्दा ९ वटा पालिकाले अझै खाता सञ्चालनमा ल्याउन नसकेका हुन् ।

पर्साका अधिंकाश पालिकाले निर्धारित समयभित्रै चालु आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् भने ल्याएका पालिकाले पनि आवश्यक कानुनी प्रक्रिया पूरा नहुँदा बैंक खाता रोकिएको हो । बैंक खाता सञ्चालन नहुँदा कर्मचारीको तलव, भत्ता र अन्य विकास निर्माणको गतिविधि पनि रोकिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले विन्दवासिनी गाउँपालिका, कालिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका, धोविनी गाउँपालिका, ठोरी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, बहुदरमाई नगरपालिकाको भने अहिलेसम्म पनि खाता सञ्चालनमा आउन सकेको छैन भने वीरगञ्ज महानगर, पर्सागढी र पोखरिया नगरपालिका, छिपरमाई गाउँपालिका, पर्टेवासुगौली गाउँपालिकाको खाता सञ्चालनमा आइसकेकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय