काठमाडौं । तीन वर्षअघि देखि फाट्टफुट देखिएको पशुहरुमा लाग्ने लम्पी स्किन रोग हाल देशका विभिन्न भागमा फैलिएको छ । लम्पी स्किन रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा मात्र अहिलेसम्म करिव २६ हजार पशु चौपाया मरिसकेका छन् । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका ६ लाख ३४ हजार ७ सय ९९ पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण पुष्टि भइसकेको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कैलालीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया संक्रमित भएको तथ्यांकमा उल्लेख छ । कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्यांक छ ।

यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३, कञ्चनपुरमा १८ पशुचौपाया मरेको तथ्यांक छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले दिएको जानकारी अनुसार रोगको नियन्त्रणका लागि पहल भइरहेको छ । मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ । तर पनि औषधि र खोपको भने अभाव रहेको केन्द्रले जनाएको छ ।

के हो लम्पी स्किन ?

लम्पी छाला रोग भाइरस (एलएसडीभी) को कारणले हुन्छ । जुन क्याप्रिपोक्स भाइरस जीनसँग सम्बन्धित छ, जो पोक्सभिरिडे परिवारको एक भाग हो । स्म्यालपक्स र मन्कीपक्स भाइरसहरू पनि एउटै परिवारको भाग हुन् । एलएसडीभीले भेडापोक्स भाइरस र गोटपक्स भाइरससँग एन्टिजेनिक समानताहरू साझा गर्दछ वा ती भाइरसहरूको प्रतिरक्षा प्रतिक्रियामा समान छ । यो जुनोटिक भाइरस होइन, अर्थात् यो रोग मानिसमा सर्न सक्दैन ।

यो लामखुट्टे, केही टोक्ने झिंगा जस्ता किराहरुबाट सर्ने संक्रामक रोग हो र यसले प्रायः गाई र भैंसी जस्ता पशुहरूलाई असर गर्छ । संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनका अनुसार संक्रमित जनावरहरूले मुख र नाकको स्रावबाट भाइरस बहाउँछन् । जसले सामान्य खाना र पानीको कुण्डलाई दूषित गर्न सक्दछ । तसर्थ, यो रोग या त वाहकहरूसँग प्रत्यक्ष सम्पर्कबाट वा दूषित चारा र पानीबाट फैलिन सक्छ । अध्ययनले यो पनि देखाएको छ कि यो कृत्रिम गर्भाधान गर्दा जनावरको वीर्यबाट पनि फैलिन सक्छ ।

कसरी आयो लम्पी स्किन ?

यो रोग पहिलो पटक सन् १९२९ मा जाम्बियामा देखा परेको थियो । त्यसपछि धेरैजसो अफ्रिकी देशहरूमा व्यापक रूपमा फैलियो । साथै पश्चिम एसिया, दक्षिणपूर्वी युरोप र मध्य एसियामा, र हालै २०१९ मा दक्षिण एसिया र चीनमा फैलियो । दक्षिण एसियामा फैलिएको पहिलो संक्रमण जुलाई २०१९ मा बंगलादेशमा पुग्यो र त्यसपछि त्यस वर्षको अगस्टमा भारत र नेपालमा पुग्यो । खुला सिमाका कारण नेपाल र भारतमा यो छिटो फैलन पुग्यो । एफएओका अनुसार हाल यो रोग हाल अफ्रिकाका धेरै देशहरू, पश्चिम एशियाका केही भागहरू (इराक, साउदी अरब, सिरियाली अरब गणतन्त्र), र टर्कीमा महामारीको रुपमा फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय