काठमाडौं – पशुपति गौशाला धर्मशालाको व्यवस्थापन पुनः मारवाडी सेवा समितिले गर्ने भएको छ। उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच भएको सम्झौता खारेज गर्दै धर्मशाला पूर्व सम्झौताअनुसार समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दिएको छ। बुधबार न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले सुनाएको फैसलामा २०६० सालमा समितिसँग भएको सम्झौता कायम रहने उल्लेख गरिएको छ। कोषले २०८० साउनमा एकतर्फी रूपमा उक्त सम्झौता भंग गर्दै काठमाडौं महानगरलाई धर्मशाला सञ्चालनको जिम्मेवारी दिएको थियो।

यस निर्णयविरुद्ध समितिले अदालतमा पुनरावलोकन माग गर्दै पूर्व सम्झौताको पालना गराउन आग्रह गरेको थियो। काठमाडौं जिल्ला अदालतले समितिको दाबी अस्वीकृत गरेपछि पाटन उच्च अदालतमा पुनरावेदन गरिएको थियो। अदालतको यो आदेशसँगै धर्मशालाको व्यवस्थापन पुनः मारवाडी सेवा समितिलाई फर्किएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय