काठमाडौं । पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय