पश्चिम नवलपरासीमा ५७ केजी गाजा सहित एक जना प्रकाउ परेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ गंगापुर अडारे टोलामा स्थानीय चम्पा गुप्ता तेलीको घरमा लागुऔषध गाँजा लुकाई राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटरीको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।
गुप्ताको घर अगाडी धान राख्ने माटोको भकारी भित्र १० वटा बोरामा ५७।६ के।जि। लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको । ६८ वर्षीय गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय