२०७२ सालको भूकम्प देखि नै सुरु भएको अरनिको राजमार्गमा पर्ने इको पहिरोलाई सरकारले वेवास्ता गर्दा यो बर्ष दुइ महिना भन्दा लामो समयदेखि तातोपानी नाका अवरुद्धछ । व्यापारीहरुले चाडपर्व लक्षित गरेर आयात गरेका फलफुल लगायतको ५० अर्ब रूपैयाँ बराबरको सामान बाटोमै अड्किएको छ । फलफुलहरु कुहिएर बाटोमै गन्हाउन थालेको छ भने व्यवसायीहरु लगानी डुने चिन्ताले पिरोलिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे बजारबाट २० किलोमिटर माथि पुगेपछि डाक्लाङ भन्ने ठाउँमा धेरै बर्ष देखि पहिरो गइराखेको छ । उक्त ठाउँमा माथिबाट लेदोसहित आउने पहिरोले तातोपानी नाका सम्बद्ध व्यापारीहरूलाई बर्षौदेखि पीडा दिइरहेको छ । यो बर्षपनि चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूलहरु कुहिन थालेको छ । दसैँको लागि काठमाडौँ भित्र्याइन लागेको स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूट लगायतका फलफुल पहिरोको कारण कुहिन थालेको हो ।नाकामा दशैँ लक्षित सामान ल्याएको शिल्क टान्सर्पोटको मात्र१ हजार ५ सय वटा कन्टेनर फसेको छ । व्यवसायीको दसैँ अगाडि र्पुयाउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूलाई ठूलो घाटा व्यहोर्नुपर्ने अबस्था आएको बताउँछन ।

जुरेको पहिरो र भुकम्प पछि धरमर धरमर चलिरहेको तातोपानी नाका गत साउन ६ गते भोटेकोशी गाउँपालिका२ स्थित इकोमा आएको पहिरोले ठप्पछ । २४ असारमा चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएपछि त्यहाँको सबै सामान तातोपानी नाकामा आएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । केरूङ, ल्हासा, सिगात्से, न्यालम, खासा र नेपालमा लोड भएर बसेका ५० अर्ब रूपैयाँ बराबरको कन्टेनरका सामान काठमाण्डौ लैजान सकिएको छैन ।

भूकम्प गएको सालदेखि नै इको पहिरो गएपनि सरकारले वास्ता नगर्दा यो स्थिति आएको पहिरो माथि वस्तिमा घर रहेका स्थानीयहरु बताउँछन् ।हिउँदमा काम नगर्ने तर बर्खा लाग्छ अनि काम गर्न सरकार तातेको जस्तो गर्छ उनीहरुको गुनासो छ। पहिरोका कारण करिब ७०-८० घरधुरी अहिले पनि जोखिममा बसिरहेका छन् ।

हिउँदमा काम गर्दैनन् जब बर्खा लाग्छ अनि तात्छ सरकार । जब बाटो बिग्रन्छ त्यतिबेला मात्रै आउँछ सडक डिभिजन । हाम्रो वस्ति जोगाएर बाटो बनाइदिनु होला उनले भने । उनका अनुसार देशमा राजनीतिक उथलपुथल भएसँगै नयाँ सरकार बनेपछि सडक विभागको टोली स्थलगत अनुगमनमा गएको थियो । सडक विभागका महानिर्देशक डा। विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा लगायतको टोलीले त्यहाँको स्थानीय, व्यवसायीसँग नाका के कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ ।

उक्त छलफलमा दसैँ लक्षित सामान अड्किपछि व्यवसायीहरूले आक्रोशित देखिन्थे । करिब १ हजार ५ सय कन्टेनरमा दसैँ लक्षित आएको सामान अड्किएको शिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पाले बताए । फलफूल र लसुनलगायत सामान कुहिएको छु शेर्पाले भने कतिपय कन्टेनर चीनमै अड्किएको छ भने कतिपय नेपाल भित्रिएर पनि काठमाडौँ पठाउन सकिएको छैन । व्यवसायी शेर्पाका अनुसार दसैँ लक्षित सामान ल्याएको शिल्कको मात्र करिब ८ सय वटा कन्टेनर फसेको छ । सामान लोड गरेर चीनमा एउटा कन्टेनर राखेको करिब १२ देखि १४ हजार रूपैयाँ तिर्नुपर्ने शेर्पाले बताए । व्यवसायीको दसैँ अगाडि र्पुयाउनुपर्ने सामान अझै अड्किएपछि आफूहरूले ठूलो घाटा व्यहोर्नुपर्ने बताए ।

५ दिनदेखि सामान रोकिएको छ । दसैँ लक्षित लत्ताकपडा, रअ मेट्रियल धेरै मात्रामा फलफुल अड्किएको छ । सामान पठाउन सकिएको छैनु शेर्पाले भने ।कतिपय फलफुल बोकाएर पहिरो तारेका थियौँ । एउटा पहिरो तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किन्छ । अहिले फेरि डाक्लाङमा पहिरो गएर त्यहाँ पनि बोकाउनुपर्ने स्थिति आयो । अब व्यवसायीले काम गर्न नसक्ने स्थिति भयोु शेर्पाले दुखेसो पोखे ३ वटा पहिरो कटाउँदा एक कन्टेनर बराबर करिब साढे तीन लाखदेखि ४ लाख बढी खर्च आउँछ । त्यसरी काम गर्न सकिँदैन् । बरू कुहिएर जाओस् तर बोकाएर पहिरो कटाउन सक्ने स्थिति भएन ।उनका अनुसार यस भन्दाअघि इको पहिरोमा भरिया लगाएर सामान तार्दा एक कन्टेनरको खर्च १ लाखदेखि डेढ लाखसम्म बढी निस्किएको थियो ।यसअघि सरकारको ढोका ढकढक्याउँदा पनि वास्ता नगरेको कारण तातोपानीको सडक नबनेको शेर्पाको भनाइ छ । पहिला सरकारले बेवास्ता गरेन । अहिले नयाँ सरकार आएपछि अनुगमनमा आउनु भएको छ सडक विभागको टीम । केहि गर्नुहुन्छ किु शेर्पाले भने । दुई महिना अगाडि साढे ३ सय रूपैयाँ किलोमा पाउने स्याउ अहिले साढे ४ सय रूपैयाँ पुगेको बस्नेतले भने यो त फलफूलको मात्रै कुरा भयो, अरू सामानहरूको हालत पनि त्यस्तै छ । व्यवसायीले यत्रो समय व्याज तिरेर बसेका छन् ति सबै जोड्छन् । ति सबै कस्ट जोडेर नै बजारमा पठाउँछन् सामान, त्यसैले महंगी बढ्छ । उपभोक्ता मारमा पर्छन् ।

कोरला नाकाबाट सामान ल्याउँदा पनि दुरीको हिसाबमा टाढापर्ने उनको भनाई छ । उनका अनुसार कोरलाबाट काठमाडौँ ४ किलोमिटर पर्छ भने तातोपानीबाट काठमाडौँ ११४ किलोमिटरमा पुगिन्छ । तातोपानी नाका बन्द हुँदा दैनिक करिब ७ करोड रूपैयाँ राजस्व गुमेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुँडालले बताए । तातोपानी भन्सारलाई सरकारले २४ अर्ब रूपैयाँ राजस्वको लक्ष्य दिएको छ । वर्षा सुरु हुने वित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाइदिने समस्या रहेको भोटेकोशी २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।दिउँसो सडक बनाउने तर राती आएको पानीले सडक नै बगाउने समस्या भइरहेको उनले बताए ।पहिरोले गर्दा दसैँको मुखमा व्यवसायीहरू धेरै मारमा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका सञ्चालक समिति सदस्य शम्भु तिमिल्सिनाले बताए । दसैँ आइसक्यो पहिरोले सामान बिचमै अड्किएको छु तिमिल्सिनाले भने दसैँअघि सामान लैजान नसकिए व्यवसायीहरू डुब्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय