बाजुरा । अबिरल वर्षासँगै आएको पहिरोले गौमुल गाउँपालिका ३ ढल्काँडाका ७ परिवार बिस्तापित भएका छन् । गएराति आएको वर्षासँगै गाउँको माथिबाट पहिरो आएपछि ७ परिवार बिस्थापित भएका हुन् ।

त्यसैगरी सोही वडामा केही घरपरिवार पहिरोले विस्थापित भएको गौमुल गाउँपालिका उपाअध्यक्ष सीता थापाले जानकारी दिनुभएको छ । अबिरल वर्षाले घर वरिपरिको जमीन बगेसँगै उक्त वडाका ७ परिवार बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन् ।

ढल्काँडाका राजेन्द्र धामी, मान बहादुर बोहरा, बसन्त बोहरा, झाक्री बोहरा, अफिलाल बोहरा र बिज्रित बोहराका घरहरु पुरै पहिरोमा परेर छ । जिल्ला प्रहरी कार्यालय बाजुराले सो ठाउँमा प्रहरीको टोली गएपनि पुरा बिवरण नआइसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय