ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा वर्षासँगै झरेको पहिरोले तीन वटा घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोमा परी एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार अनुसार स्थानीय ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी १८ महिनाकी छोरी कृतिकाको शव पुरिएको अवस्थामा फेला परेको थियो । रणबहादुरकै श्रीमती २९ वर्षीया शिवमाया गुरुङको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । रणबहादुरका १० वर्षीय छोरा दिनेश गुरुङ भने अवस्था अज्ञात रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । पहिरोबाट स्थानीय रणबहादुर गुरुङ, बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको हो ।

अन्य घरमा पनि क्षति पुगेको छ । पहिरोले रणबहादुरको परिवारमा मानवीय क्षति भए पनि अन्य घरका परिवार भने भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय