ताप्लेजुङमा पहिरोसँगै आएको ढुङगाले लागेर गम्भीर घाईते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका ३ तावाकी २६ वर्षीया महिला निर्मला गुरुङ रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गुरुङ सदरमुकाम फुङलिङबाट घर फर्कने क्रममा शनिबार दिउँसो करिब साढे २ बजे रोकिराखेको मे १ ज १३६२ नम्बरको पिकअपमा माथिबाट पहिरोसँगै आएको ढुङगाले लागेर गम्भीर घाईते भएकी थिइन् । घाईते गुरुङलाई प्राथमिक उचापर पश्चात थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइए पनि उहाँको बाटोमै मृत्यू भएको अस्पतालले जानकारी दिएको थियो ।

तमोर करिडोर अन्तर्गत फक्ताङलुङ गाउँपालिका ३ खेसेवामा पहिरोले सडक अबरुद्ध भएपछि पहिरो पन्छाउन चालकसहित यात्रुहरु बाहिर निस्किएका थिए । मृतक गुरुङ भने गाडी भित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङगाले लागेर टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय