बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।राजमार्गको अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकोले पुर्व जाने गाडीहरु भकुन्डेमा रोकिएका छन।

लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए । उनका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुनः माथीबाट पहिरो खसेकोले पानी परिरहेकोले जोखिम बढेको भन्दै हाल पन्छाउन रोकीएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्रको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकोले सुरक्षित यात्राको लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय