काठमाडौं । देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले केही प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना छ ।

बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय