ताप्लेजुङको पाथीभरामा निर्माण सुरु भएको केबलकार बिबादविरुद्ध शनिबार देखि पूर्वको ९ वटा जिल्लामा यातयात बन्दको घोषणा गरिएको छ । गत माघ १५ गतेदेखि अनिश्चितकालिन रुपमा तमोर करिडोर र मेचीराजमार्ग बन्द गर्दै आईरहेको नो केबलकार पक्षधरले शनिबारदेखि अरुण पूर्वको ९ ओटा जिल्लामा समेत यातयात बन्दको आह्वान गरेका हुन् ।
नो केबलकार पक्षधरले ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवसभा जिल्लामा आज र भोलि २ दिन यातयात बन्दको घोषणा गरेका छन् । सरकारले आफ्ना मागलाई बेवास्ता गरे माघ २२ गतेदेखि पुनः ती ९ ओटा जिल्लामा समेत अनिश्चित कालिन बन्दसहित आमहड्तालको घोषणा गरिने नो केबलकार पक्षधरले बिज्ञप्ती जारी गर्दै चेतावानी दिएको छ ।



गत माघ १२ गते केबलकार निर्माणका बिरुद्धमा उत्रिएको आन्दोलनकर्मी र प्रहरीबीच झडप हुँदा असन्तुष्ट पक्षका ३ जना र प्रहरीका २१ जना घाईते भएका थिए । झडपमा प्रहरीले चलाएरको गोलि लागेर गम्भिर घाईते भएका ३ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
त्यस्तै काफ्लेपाटीबाट प्रहरीले २ जना र सदरमुकामबाट एक जनालाई नियन्त्रणमा लिएको छ । आन्दोलनरत पक्षसँगका वार्ताका लागि कोशी प्रदेश सरकारले आह्वान समेत गरिको थियो । तर वार्तामा सहभागी हुनका लागि नो केबलकार पक्षधरले आफ्ना केही मागहरुलाई अघि सारेको छ । निर्माणको कार्य तत्काल रोकेर सम्पूर्ण सामाग्री तथा काफ्लेपाटीक्षेत्रमा रहेका प्रहरी फिर्ता हुनुपर्ने, प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ता बिना शर्त रिहाई हुनुपर्ने, घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरि गोली चलाउने प्रहरीलाई कारबाही हुनुपर्ने, घाईतेहरुको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलनको दायरालाई बढाएका हुन् ।
करिब ६ दिन अघि देखि जारी रहेको बन्द ताप्लेजुङमा भने शसक्त रुपमा लागु भएका छन् । जसअन्तर्गत सदरमुकामदेखि ग्राीमण भेगसम्म नै दुई पाङग्रे सम्मका सवारी साधनहरु ठप्प पारेका छन् । आन्दोलनमा बालबालिकाको प्रयोग गरिएकोले आलोचना समेत हुन थालेको छ । आन्दोलनकर्मीहरुले ज्यादती नै गर्न थालेको सामाजिक सञ्जालमा टिक्काटिप्पणी हुन थालेको छ । केही दिन अघि मात्र बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेनसमाथि ढुङगा प्रहार गरेका थिए । त्यस्तै बिरामी पुर्याएर फर्किने क्रममा बाटोमै रोकी खालि एम्बुलेन्स समेत कुदाउन नपाईने भन्दै बीच बाटोमा आफुहरुलाई अबरोध गर्ने गरेको एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् ।
बन्दलाई सहज बनाउन जिल्लाका बिभिन्न सरोकारवालाहरुले बन्दकर्ता तथा सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाउन थालेका छन् । जिल्लाका कुखुरा व्यवसायीहरु बिशेष मारमा पर्ने भएका छन् । जिल्लामा अहिले करिब १० हजार ओटा कुखुरा रहेको र चारोको अभाव हुन थालेको छ । जसका कारण कुखुरा मर्ने सम्भावना बढेको छ । बन्दाका कारण बजारमा मासुको खपत समेत कम हुन थालेको व्यवसायीले बताएका छन् । त्यसमाथि केही मात्रामा भएको माग अनुसार मासु आपुर्तिका लागि समेत आफुहरुले चलाईरहेको दुई पाङग्रे सवारी साधनलाई अबरोध गरेको व्यवसायीले गुनासो गरेका छ् ।
बन्दका कारण शैक्षिक क्षेत्रमा पनि उत्तिकै प्रभाव परेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको आवेदन फाराम भर्ने समय आगामी माघ २५ गतेसम्मका लागि तोकेको छ । सो समयमा जिल्लाका सम्बन्धित बिद्यालयका शिक्षक स्वयम बिराटनगर पुगेर फाराम बुझाउनुपर्ने बाध्यता रहेको बिद्यालयले जनाएको छ । फाराम बुझाउनका लागि अन्य बिद्यालयको मातहतमा पठाउँदा नहुने भएकाले सम्बन्धित बिद्यालयको शिक्षक नै जानुपर्ने बाध्यता रहेकाले बिद्यालयहरु समेत प्रभाबित भएका छन् । बन्दलाई तत्काल खुकुलो पार्न र फिर्ता लिन यातयात व्यवसायी, उद्योग वाणिज्य संघ, कृषक व्यवसायी लगायतले आग्रह समेत गरेका छन् ।



