पाथीभरा क्षेत्रको बलुडाँडामा माघ १२ गते भएको झडपपछि ुनो केबलकार समूहु ले आज मेची राजमार्ग र तमोर करिडोर बन्द गरेको छ। बन्दका कारण ताप्लेजुङ, पाँचथर, इलाम र झापाका क्षेत्र प्रभावित भएका छन्। आन्दोलनकारीहरूले सबै प्रकारका सवारीसाधन अवरुद्ध पारेर केबलकारको निर्माण कार्य बन्द गर्न र माघ १२ गतेको झडपमा घाइते भएका व्यक्तिहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

यो आन्दोलनले मेची राजमार्ग अन्तर्गत ताप्लेजुङदेखि फिदिम, इलाम र झापाको चारआलीसम्मको क्षेत्र प्रभावित बनाएको छ भने, तमोर करिडोर अन्तर्गत ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्मको सडकसमेत बन्द गरिएको छ।

अर्कोतर्फ, गृहमन्त्री रमेश लेखकले प्रभावित क्षेत्रका सांसदहरूसँग छलफल गर्ने निर्णय गरेका छन्। इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङका अनुसार, गृहमन्त्रालयमा साँझ ५ बजे बैठक बस्नेछ।केबलकार निर्माणका कारण क्षेत्रीय समुदायहरूमा असन्तुष्टि बढिरहेको छ, र आन्दोलनकारिहरूले तत्काल समाधानको माग गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय