काठमाडौं । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट पुषमा २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार महिना अवधिमा आएका दर्शनार्थीले उक्त रकम बराबरको भेटी चढाएका हुन् । पुषमा आएका ५ हजार ९ सय ११ जना दर्शनार्थीले चढाएको नगद गणना गरि विवरण सार्वजनिक गरिएको हो । अन्य सुन, चाँदी, तामा, त्रिशुल, घण्टी लगायतका सामाग्रीहरु भने संकलन गरि भण्डारण गरिएको छ । दर्शनार्थीले मन्दिरमा चढाएको भेटी नेपाल प्रहरीको रोहबरमा समितिका कर्मचारीले संकलन गरि कार्यालयमा ल्याएर गणना गर्ने प्रचलन रहेको छ ।

पुषको सहित चालु आर्थिक वर्षमा १ करोड ८८ लाख ४० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको छ भने १ लाख ३ हजार १ सय ७६ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय